काठमाडौं–गण्डकी प्रदेशका चार जिल्लामा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गरी बाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वत जिल्लामा थप संक्रमित देखिएको जानकारी दिएको हो।
स्वास्थ्य निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा।विनोद बिन्दु शर्माले जारी गरेको विज्ञप्तिका अनुसार बाग्जुङका नौ पुरुष र एक महिला, स्याङ्जाका एक किशोर, म्याग्दीका एक युवा र पर्वतका चार पुरुषमा संक्रमण पुष्टि भएको हो।
संक्रमित १६ देखि ३३ वर्ष उमेर समूहका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ। जसमध्ये तीन संक्रमित निको भएर घर फर्किसकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।