आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सेना भित्रको कालो धन्दा, यी हुन् अकुत कमाउने सैनिक अधिकृत

सेना भित्रको कालो धन्दा, यी हुन् अकुत कमाउने सैनिक अधिकृत

  • मिडिया डबली
  • बिहिवार, जेठ २२ २०७७

  • 13.0K
    SHARES

  • सेना भित्रको कालो धन्दा, यी हुन् अकुत कमाउने सैनिक अधिकृत

    काठमाडौं–नेपाली सेनाको सेवामा प्रवेश गर्दै अकुत पुस्तैनी सम्पत्ति हुनेहरू पनि छन् । तर, सेवा प्रवेशमा सामान्य आर्थिक हैसियत भएकाहरूको एकाध वर्षमै देखिएको धन सम्पत्ति, पुँजी र विलासी जीवनले सेनामा पनि अकुत कमाउनेहरूको शंका गर्न थालिएको छ । यसरी सेनामा ‘सियो बनेर पस्ने र फाली बनेर निस्कने’ प्रवृत्ति अपनाउँदै ठूलो पदमा पुगेपछि अकुत कमाउन सजिलो बाटो रोज्नेहरूको संख्या कम छैन ।

    कृष्ण जीसी यतिखेर सबैभन्दा बढी कमाउने अधिकृतको रूपमा सेनाभित्र परिचित छन् । उनको ठिमीतिर तीन रोपनीको बङ्ग्लो रहेको बताइन्छ । स्रोतका अनुसार– ‘अन्यत्र जोडिएका घर जग्गाको विवरण नै अथाह छ । नेताहरूसँग बाक्लै उठबस गर्न थालेका जीसीले डेढ दुई करोडको गाडी चढ्ने हैसियत बनाइसकेका छन् ।’ उनी लामो समयसम्म सेनाको सम्भार र खाद्य परिवहनमा थिए ।

    अहिले १८ नं. बाहिनीमा रहेका कृष्ण सापकोटा अर्का अकुत कमाउनेमध्येमा पर्छन् । पहिले राष्ट्रिय निकुञ्जमा थिए । तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले निकै पुल्पुलाएका सापकोटाले नेशनल डिफेन्स कोर्सको अवसरसमेत पाइसकेका छन् ।

    कारबाहीको क्रममा रहेका प्रयोगजंग राणालाई पनि सेनाभित्र नवधनाढ्यको रूपमा लिइन्छ । त्यसैगरी देशान्तरका प्रकाशक बन्धु थापाका सौतेनी भाइ जीवन थापाले आर्मी कलेजमा रहँदा झण्डै सात करोड कमाएपछि अहिले मण्डिखाटारमा पाँच करोडको बङ्ग्लो खरिद गरेका छन् । थापाले भारतीय सिंह परिवारकी एउटी चेलीसँग सम्बन्ध गाँसेका छन् ।

    थापालाई अभिलेख फरक पारेर दुई वर्ष भन्दाबढी जागिर खाएको तथ्य फेला पारेपछि बढी अवधिको सम्पूर्ण तलब, भत्ता र सुविधा तिराइएको थियो । यसअघि महिनाको तेह्र लाख तलब हुने र झण्डै तीन वर्षको अव्जर्भरमा समेत जान रुची नदेखाएर उनी यहिँ बसेका थिए । यसबाट पनि उनले यहिँ बसेर कति कमाए होलान् सहजै अनुमान गर्न सकिने स्रोतको दाबी छ । जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २२ २०७७०५:०५:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend