आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आरजु राणा देउवाले मच्चाइन् खुलेआम लुट, महामारीका बेला अवैध धन्दा !

आरजु राणा देउवाले मच्चाइन् खुलेआम लुट, महामारीका बेला अवैध धन्दा !

  • मिडिया डबली
  • बिहिवार, जेठ २२ २०७७

  • 201.4K
    SHARES

  • आरजु राणा देउवाले मच्चाइन् खुलेआम लुट, महामारीका बेला अवैध धन्दा !

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती तथा नेत्री आरजु राणा देउवाले कोरोना भाइरस महामारीका बेला खुलेआम लुट मच्चाएको खुलासा भएको छ ।
    नेत्री राणा सञ्चालक रहेको ललितपुरको खुमलटारस्थित युलेन्स स्कूलले बैशाखदेखि असारसम्मको शुल्क अनिवार्य तिर्न निर्देशन दिएपछि अभिभावकहरू असन्तुष्ट बनेका छन् । शिक्षा मन्त्रालयले लकडाउनका बेला पठनपाठन नभएकाले शुल्क नमाग्न देशैभरका स्कूललाई निर्देशन गरेको बेला नेत्री राणा सञ्चालक रहेको स्कूलले अभिभावकलाई दबाब दिइरहेको छ ।

    स्कूलले आकस्मिक कोष लगायत विभिन्न बहानामा अभिभावकलाई बढी शुल्क तिर्न बाध्य पारिरहेको जनाइएको छ । नाम नखुलाउने शर्तमा एक अभिभावकले भने, ‘चैत्रको पूरै शुल्क लिएका छन् । बैशाखदेखि असारसम्मको २० प्रतिशत घटाएर शुल्क मागेका छन् । तत्काल पैसा बुझाउनु भनिएको छ ।’

    स्कूलले गत महिना दिनदेखि दैनिक डेढ घण्टा अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ । सरकारले भने अनलाइन कक्षा सञ्चालन गर्दा पनि शुल्क नलिन निर्देशन दिएको थियो । तर नेत्री राणाको स्कूलले अवैध रुपमा शुल्क असुलिरहेको छ ।

    आकस्मिक कोषको रुपमा उठाएको पैसाले शिक्षकलाई ल्यापटप खरिद गर्ने स्कूलले जानकारी गराएको समस्यामा परेका अभिभावकले जनाएका छन् । सरकारले चैत्र महिनाको शुल्क मिनाहा गर्न निर्देशन गरेको थियो । शैक्षिक सत्र सुरू नभइ शुल्क मागेको भन्दै अभिभावकहरु सामूहिक रुपमा मुद्दा हाल्ने तयारीमा लागेका छन् ।

    विद्यालयका अनियमितता अनुगमन तथा नियमनको जिम्मा पाएको स्थानीय तहले पनि पर्याप्त ध्यान नदिएको अभिभावकको गुनासो छ । ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख महेन्द्र क्षेत्रीले शुल्क तिर्न बाध्य पारेकोबारे उजुरी नआएको बताए ।

    ‘पहिला एउटा स्कूलको आएको थियो, पैसा फिर्ता गर्न लगायौं,’ क्षेत्रीले भने, ‘युलेन्सको विषयमा कुनै जानकारी आएको छैन ।’ कहिलेकाहीँ विद्यालय र अभिभावकबीच भएको सहमतिले समस्या पार्नसक्ने उनले बताए । शिक्षा मन्त्रालयबाट कुनै निर्देशन नआई कसैलाई शुल्क तिर्न बाध्य बनाउन नमिल्ने उनले बताए ।

    हाल सम्पूर्ण शैक्षिक संस्था औपचारिक रुपमा बन्द रहेकाले यस्ता स्कूलविरुद्ध आएको उजुरीको आधारमा थप छानबिन गरिने उनले बताए । बन्दाबन्दीको समयलाई बर्खे बिदामा रुपान्तरण गरेर निरन्तर कक्षा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २२ २०७७०४:४८:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend