काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने मुड बनाएका छन् ।
अघिल्लो मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो । समितिको गृहकार्यसँगै मिसिएर प्रधानमन्त्रीले बुधबार बालुवाटारमा विज्ञहरुसँग परामर्श पनि गरेका छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेका क्षेत्रलाई उच्च सुरक्षा र सतर्कतामा राख्दै बाँकी क्षेत्र खुला गर्ने गरी तयारी भएको छ । प्रदेश २, प्रदेश ५ र सुदूरपश्मि प्रदेशमा लकडाउन खुला गर्न नसकिने सरकारी निष्कर्ष छ ।
निरन्तरको लकडाउनले व्यसाय चौपट भएको भन्दै काठमाडौंमा उल्लंघन गर्नेसम्मका चेतावनी आएपछि सरकारले मोडालिटीबारे गृहकार्य तीब्र बनाएको हो । प्रधानमन्त्रीले बिहीबार दिउँसो ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
लकडाउन लम्ब्याउँदै लगे पनि संक्रमण कायमै रहेकाले सुरक्षा सतर्कता अपनाउँदै दैनिक व्यवसाय खुला गर्ने गरी लकडाउन मोडालिटी परिवर्तन हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।