आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देख्नेलाई लाज ! जनतासँग चन्दा माग्ने कम्युनिस्ट मन्त्रीले किने २ करोडको गाडी

देख्नेलाई लाज ! जनतासँग चन्दा माग्ने कम्युनिस्ट मन्त्रीले किने २ करोडको गाडी

  • मिडिया डबली
  • बिहिवार, जेठ २२ २०७७

  • 12.6K
    SHARES

  • देख्नेलाई लाज ! जनतासँग चन्दा माग्ने कम्युनिस्ट मन्त्रीले किने २ करोडको गाडी

    काठमाडौं – बजेट अभावले प्रदेशवासीलाई राहत वितरण रोकिएको बेला प्रदेश १ सरकारका एक मन्त्रीले २ करोड बराबरको गाडी खरिद गर्न लागेका छन् ।

    लकडाउनका बेला आफ्ना लागि २ करोड ७ लाख ५० हजारको गाडी किन्न लागेका मन्त्री जगदीश कुसियत प्रदेश १ सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार समितिको आपूर्ति व्यवस्था संयोजक पनि हुन् ।

    कोभिड संक्रमणले आर्थिक क्षति पुर्‍याउने भएकाले गाडी लगायतका विलासिताका सामग्री खरिद नगर्ने स्पष्ट नीति भए पनि प्रदेश १ सरकारका वन, वतावरण, उद्योग तथा पर्यटनमन्त्री कुसियतलाई सरकारी नीतिले प्रभावित गरेको छैन ।

    देशमा ११ चैतबाट लकडाउन सुरू भएको हो भने मन्त्री कुसियतले नेतृत्व गरेको मन्त्रालयले पहिलोपटक चैत १८ गते सूचना प्रकाशित गरेर गाडी खरिद गर्न टेन्डर मागेको थियो । यो देशमा कोभिड संक्रमण फैलिएर जनताले दुःख पाए पनि खरिद प्रक्रिया रोकिएन । बरु जेठ १२ गते मन्त्रीका लागि २ करोड सात लाखको गाडी खरिद गर्ने टुंगो लागेको छ । यही बेला मन्त्रालयका लागि ८५ लाख मूल्यबराबरका दुईवटा पिकअप भ्यान पनि खरिद हुँदैछ ।

    मन्त्रालयका प्रवक्ता अनिरुद्धकुमार साहले प्रदेशका अन्य मन्त्रीहरूले चढेअनुसारको गाडी मन्त्री कुसियतले पनि चढ्न लागेकाले यसलाई अन्यथा मान्न नहुने बताए । ‘अहिले मन्त्रीज्यू पुरानै गाडी चढिरहनुभएको छ, अरू मन्त्रीको नयाँ गाडी छ । सबैको समान होस् भनेर नयाँ गाडी खरिद गर्न लागिएको हो,’ उनले भने ।

    तर प्रदेश १ को सरकारले कोरोनाको संक्रमण रोकथाम तथा उपचारका लागि सहयोग जुटाउन ‘प्रदेश १ कोरोना जनसुरक्षा कोष’ स्थापना गरेको छ । महामारीविरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्दै विभिन्न संघसंस्था र व्यक्तिले कोषमा २–४ लाखदेखि २–४ हजारसम्म सहयोग गरेका छन् ।

    जेठ १९ गतेसम्म यो कोषमा १९ करोड ४३ लाख ३६ हजार पाँच सय ८० रुपैयाँ जम्मा भएको छ । त्यसमध्ये खर्च भएकोबाहेक १९ जेठसम्म यो कोषमा ११ करोड ५७ लाख ७६ हजार चार सय ३० बाँकी छ । १–१ रुपैयाँ जुटाउन प्रदेश सरकारले सार्वजनिक रूपमै अपिल गर्दै आएको छ ।

    प्रदेश १ सरकारको मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयले चैत १२ गते सूचना निकाल्दै ‘प्रदेश १ कोरोना जनसुरक्षा कोष’मा रकम जम्मा गर्न व्यक्ति र संघसंस्थालाई आह्वान गरेको थियो । सहयोग कसरी जुटाइएको छ भने प्रदेश संग्रहालय धनकुटामा कार्यरत कर्मचारीले एकमुष्ट १९ हजार ७९६ रुपैयाँ कोषमा जम्मा गरेका छन् । प्रदेश १ मा हालसम्म १६८ जनामा संक्रमण देखिएको छ भने ४८ जना निको भएर घर फर्केका छन् ।

    प्रदेश १ सरकारका अनुसार प्रदेशमा बुधवारसम्मको अवस्था हेर्दा क्वारेन्टाइन बेड संख्या १० हजार २२०, आइसोलेसन बेड संख्या ४२८, आईसीयू संख्या ४४४ मात्रै छ । प्रदेशमा पीपीई सेट ३६१ मात्रै मौज्दात छन् ।

    कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले किनेको १ करोड ७२ लाखको भुक्तानीको विषयमा अन्योल कायमै छ । गाडी किन्न सूचना निकालेर सहमति मागेको भन्दै प्रदेशको आर्थिक मामिला मन्त्रालयले आपत्ति जनाएको छ भने गाडी बिक्रेताले ताकेता गरिरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    शाहीले किनेको गाडीको विषयमा नयाँ पत्रिकाले बुधबार समाचार प्रकाशित गरेको थियो । प्रदेशका आर्थिक योजनामन्त्री प्रकाश ज्वालाले भने गाडीको भुक्तानीका लागि आफूले मन्त्रिपरिषद्मा प्रस्ताव नलगेको स्प्पष्ट पारेका छन् ।

    ‘मैले त्यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छैन, अर्को कुरा सभामुखले गाडी किन्नुभन्दा अघि नै खरिद निर्देशिका संशोधन भएको हो । पहिलेको निर्देशिकामा क, ख, ग वर्गीकरण गरिएको थियो । तर सरकारी पदाधिकारीबीच वर्गीकरण किन गर्ने भनेर त्यो प्रावधान हटाइएको हो,’ उनले भने ।

    पहिलेको निर्देशिकामा बढीमा ७० लाखसम्मको गाडी किन्न सकिने भन्ने थियो । तर अहिले सभामुखले एक करोड ७२ लाखको गाडी किनेका छन् जसको भुक्तानी भएमा बेरुजु र भ्रष्टाचार ठहर हुन सक्ने भनेर कर्मचारी हच्किएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २२ २०७७०२:२५:४०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend