काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लकडाउनको बेला कर बुझाउने ताकेता गरेपछि त्यसविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चेतावनी दियो ।
कर बुझाउने ताकेतालाई भद्र उल्लंघन गर्न कांग्रेसले आह्वान गरेपछि सरकार झुकेको छ ।
चौतर्फी दबाबपछि आन्तरिक राजश्व विभागले कर बझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । विभागले मंगलबार जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना निकालेको थियो ।
कांग्रेस पार्टी लगायत निजी क्षेत्रले सरकारी निर्देशनको आलोचना गरेपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो । कर तिर्ने अवधि असार ७ गतेसम्म थपिएको छ ।
यस्तो थियो कांग्रेस सभापतिको विज्ञप्ति –

हेर्नुहोस्, सूचना :
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।