आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रुकुममा माओवादी आतंक : जाँडरक्सी खाएर वडाध्यक्षबाटै प्रहरी चौकीमाथि सांघातिक आक्रमण

रुकुममा माओवादी आतंक : जाँडरक्सी खाएर वडाध्यक्षबाटै प्रहरी चौकीमाथि सांघातिक आक्रमण

  • मिडिया डबली
  • बुधवार, जेठ २१ २०७७

  • 9.7K
    SHARES

  • रुकुममा माओवादी आतंक : जाँडरक्सी खाएर वडाध्यक्षबाटै प्रहरी चौकीमाथि सांघातिक आक्रमण

    काठमाडौं – वर्षाैंअघि माओवादी आतंकको उद्गम थलो मानिएको रुकुममा शान्ति प्रक्रियाको लामो समयपछि पुनः आतंक मच्चाइएको छ ।

    रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ मा तत्काली माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षको नेतृत्वको समूहले स्थानीय प्रहरी चौकीमाथि आक्रमण गरेको छ ।

    माअ‍ोवादीबाट निर्वाचित वडाध्यक्ष दिपक केसीको नेतृत्वको टोलीले वडा नम्बर १४ को छिवाङ ज्युलामा रहेको प्रहरी चौकीमा मंगलबार राति तोडफोड गरेको छ ।

    वडाध्यक्ष केसीले सुरक्षाजाँचका लागि राखिएको ढाट हटाउन ढिलाइ गरेको भन्दै झगडा गर्दै प्रहरीमाथि कुटपिट गरेका छन् । अस्थायी प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) धनबहादुर साउँदले वडाध्यक्षसहित २०/२५ जनाको समूहमा आएका युवाले आफ्नो बर्दी च्यातेको र २ जना प्रहरीलाई कुटपिट गरेको बताएका छन् ।

    स्रोतका अनुसार प्रहरीमाथि कुटपिट गर्ने पूर्व माओवादी जत्था थियो । जनयुद्धका नाममा त्यतिबेला समेत माओवादीहरूले सुरक्षाकर्मीलाई दुःख दिने गरेका थिए । आतंक मच्चाउने पृष्ठभूमिबाट आएकाले माओवादीहरूको बानीव्यवहार अझै सुध्रिएको छैन ।

    जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले प्रहरी चौकी तोडफोडमा संलग्न वडाध्यक्ष केसीसहित अरुको पनि खोजी भइरहेको बताएका छन् ।

    अत्याधिक जाँडरक्सी सेवन गरेका वडाध्यक्ष सहितको टोलीले प्रहरी र प्रहरी भाडामा बसेको घरमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २१ २०७७०६:५६:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend