काठमाडौं–कोरोनाभाइरसका कारण पाकिस्तानका एक मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्तजा बलोचको कोरोनाभाइरसबाट मंगलबार मृत्यु भएको हो ।
कोरोना संक्रमित भएका मन्त्री गुलाम मुर्तजा बलोचको कराँचीको एक अस्पतालमा उपचार भइरहेको थियो । तर अचानक उनको उपचारकै क्रममा मंगलबार मृत्यु भएको हो । उनलाई गएको मे १४ मा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।
पाकिस्तानमा हालसम्म कोरोना संक्रमितको संख्या ७६ हजार ३ सय ९८ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय २१ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।