आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट शासनको दर्दशा : अस्पतालले नराखेपछि कोरोना संक्रमित मन्दिरमा

कम्युनिस्ट शासनको दर्दशा : अस्पतालले नराखेपछि कोरोना संक्रमित मन्दिरमा

  • मिडिया डबली
  • बुधवार, जेठ २१ २०७७

  • 5.1K
    SHARES

  • कम्युनिस्ट शासनको दर्दशा : अस्पतालले नराखेपछि कोरोना संक्रमित मन्दिरमा

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बढ्दै गएसँगै कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको दुर्दशा देखिँदै गएको छ ।

    कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाका ५ जना कोरोना भाइरस संक्रमितलाई सेती प्रादेशिक अस्पतालले भर्ना नगरेर फिर्ता गरेपछि मन्दिरमा राखिएको छ ।

    मंगलबार राति अस्पताल पुर्‍याइएका ५ जनालाई आइसोलेसन वार्ड अभाव भएको भन्दै अस्पतालले भर्ना नगरेको गौरीगंगा नगरपालिकाका प्रमुख भीम देउवाले जानकारी दिए ।

    अस्पतालले भर्ना नगरेपछि संक्रमितलाई मन्दिरको हलमा राखिएको छ । ‘अस्पतालले फिर्ता गरेपछि हामीले उहाँहरूलाई मन्दिरको हलमा व्यवस्थापन गरेका छौं,’ नगर प्रमुख देउवाले भने, ‘अब के गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।’

    मंगलवार नै गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टाइनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषहरूलाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये २ जनालाई स्वास्थ्यमा समस्या देखिएको र अन्य ३ जना सामान्य रहेको देउवाले बताए ।

    कोरोना संक्रमण पुष्टि भइसक्दा पनि अस्पतालले भर्ना नलिएपछि समस्या उत्पन्न भएको देउवाले बताएका छन् । स्थानीय तहले नै आइसोलेसन वार्ड बनाएर संक्रमितलाई राख्ने तयारीमा जुटेको मेयर देउवाले बताए ।

    सेती प्रादेशिक अस्पतालले भने शय्या अभावका कारण संक्रमितलाई राख्न नसकेको बताएको छ । ‘अस्पतालमा २४ शय्याको आइसोलेसन छ । हामीकहाँ २५ जना बिरामी भइसके । त्यसैले थप ५ जनालाई राख्न नसकेर फर्काएका हौं,’ अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २१ २०७७०३:५७:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend