आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाली सेनाको निगरानीमा स्वदेश फर्किइन् अभिनेत्री मनिषा कोइराला, क्वारेन्टाइनमा बस्ने

नेपाली सेनाको निगरानीमा स्वदेश फर्किइन् अभिनेत्री मनिषा कोइराला, क्वारेन्टाइनमा बस्ने

  • मिडिया डबली
  • बुधवार, जेठ २१ २०७७

  • 14.6K
    SHARES

  • नेपाली सेनाको निगरानीमा स्वदेश फर्किइन् अभिनेत्री मनिषा कोइराला, क्वारेन्टाइनमा बस्ने

    काठमाडौं – चर्चित अभिनेत्री मनिषा कोइराला भैरहवाको बेलहिया नाका स्थलमार्गबाट हुँदै नेपाल फर्किएकी छन् ।

    भारतमा रहँदै आएकी अभिनेत्री कोइराला लम्पियाधुरा सहितको नेपालले नक्सा सार्वजनिक गरेपछि दिएको प्रतिक्रियालाई लिएर भारतीय सञ्चारमाध्यमले अनावश्यक विवादमा तानेका थिए ।

    मंगलवार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्ना बुवा र आमासँगै निजी गाडीमा स्वदेश आएकी छन् ।

    सीमामा पुगेकी अभिनेत्री कोइरालालाई नेपाली सेनाको एक टोलीले तत्काल निगरानी गर्दै गन्तव्यतर्फ लगेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

    सीमामा उनी र उनको परिवार व्यक्ति धेरै बेर रोकिनु परेन । ‘मनिषा कोइराला आएको भन्ने बेलहियाबाट जानकारी पाएको छुुु,’ प्रजिअ पन्थले भने, ‘जिल्ला प्रशासनसँग कुनै समन्वय नभएको हुदाँ अरु विषय थाहा भएन । बेलहिया नाकाबाट आएका उनको परिवारमा होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ ।’

    मनिषाको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय टेलिभिजन च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए । मनिषाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ट्विटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईंलाई धन्यवाद । अब ३ महान् राष्ट्रहरूबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौं ।’

    मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुशी व्यक्त गरेकी थिइन् । सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो । भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २१ २०७७०१:५८:०७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend