काठमाडौं – कम्युनिस्ट सरकारका गृहमन्त्री रामबहादुर थापाले रुकुममा भएको घटनाबारे संसदीय समितिमा जवाफ दिने क्रममा अमेरिकामा पनि जातीय विभेद कायम रहेको जनाएका छन् ।
मंगलवार रुकुम पश्चिममा दलित युवाहरूको हत्याको विषयमा जवाफ दिन मन्त्री थापा पुगेका थिए । त्यसक्रममा उनले अमेरिका जस्तो लोकतन्त्रको पाठ सिकाउने देशले पनि विभेद अन्त्य गर्न नसकेको तर्क गरे ।
लोकतन्त्रको उच्चतम रुप भएको अमेरिकामा पनि विभेद अन्त्य नभएको उदाहरण दिँदै उनले रुकुम घटनालाई जोडेका थिए । मार्टिन लुथर किङको हत्याको उदाहरण पनि उनले जवाफको क्रममा पेश गरेका थिए ।
अमेरिकामा जर्ज फ्लोइडको हत्याको घटनालाई जोडेर त्यहाँ पनि आन्दोलन भएको तर्क मन्त्री थापाले गरे । संसदको कानून, न्याय तथा मानवअधिकार समितिले रुकुम पश्चिमको घटनालाई मानवअधिकार विरुद्धको अपराध ठहर गर्दै छानबिन गर्न निर्देशन दिएको छ ।
जाजरकोटका नवराज विकसहित ६ जना युवकलाई हत्या गरी भेरी नदीमा फालेपछि देशव्यापी रुपमा त्यसको विरोध भएको छ भने १२ जना घाइते भएका थिए । कथित उपल्लो जातकी युवतीसँग प्रेमपछि विवाह गर्न जाने क्रममा नवराजको हत्या गरिएको दावी गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।