आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमाथि चीनको गिद्धेनजर ! नेपाली आकाशमा किन छिर्‍यो चिनियाँ लडाकू जहाज ?

नेपालमाथि चीनको गिद्धेनजर ! नेपाली आकाशमा किन छिर्‍यो चिनियाँ लडाकू जहाज ?

  • मिडिया डबली
  • मंगलवार, जेठ २० २०७७

  • 8.1K
    SHARES

  • नेपालमाथि चीनको गिद्धेनजर ! नेपाली आकाशमा किन छिर्‍यो चिनियाँ लडाकू जहाज ?

    काठमाडौं – पछिल्लो समय चीनले नेपालको विभिन्न क्षेत्रमाथि धावा बोलिरहेको छ ।

    चीनले सबै छिमेकी राष्ट्रको नीति नियमलाई समेत उल्लघंन गरिरहेको छ । सोही क्रममा मंगलबार चीनले विना कुनै जानकारी लडाकू विमान जस्तै देखिन विमान नेपाल प्रवेश गराइ निगरानी बढाएको छ ।

    चीनमा दर्ता भएको जहाज (बिचक्राफ्ट बि३००सी) नेपालको एयरस्पेस भित्रै छिरेर ३३ हजार ८ सयको उचाइमा सगरमाथा क्षेत्रमा घुमिरहेको वरिष्ठ पत्रकार कनकमणि दीक्षितले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका छन् ।

    नेपालको अनुमति बेगर चिनियाँ नेपालको स्पेस क्षेत्रमा आउँदा नेपालमाथि सुरक्षा चुनौती समेत थपिएको छ ।

    केही दिनअघि मात्रै राष्ट्रिय मानव अधिकार आयोगले चीनले नेपाली भूमि मिचेको प्रतिवेदन नै सरकारलाई बुझाएको थियो ।

    आयोगले दोलखाको ९९ रोपनी जमिन चीनको अतिक्रमणमा परेको सरकारलाइ केही दिनअघि प्रतिवेदन बुझाएको छ । आयोगका सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालले २०७२ देखि ०७६ सालसम्म भारत र चीनसित सीमा जोडिएका २८ जिल्लाको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरी सरकारलाई बुझाएका थिए ।

    आयोगले प्रतिवेदनमा दोलखाको ९९ रोपनी जमिन चीनको अतिक्रमणमा परेको समेत उल्लेख छ । दोलखाको कोर्लाङ क्षेत्रमा पर्ने ५७ नम्बर सीमास्तम्भ कोर्लाङको क्षेत्रको टुप्पोबाट करीब १५ सय मिटर दक्षिणमा सार्दा नेपालको ९९ रोपनी नेपाली जमिन चीनतर्फ पर्न गएको र त्यही विवादका कारण २ देशबीच चौथो प्रोटोकलमा हस्ताक्षर हुन नसकेको समेत प्रतिवेदनमा जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २० २०७७०४:१९:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend