काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीसँग लडिरहेको रुसमा मान्छेको रगत चुस्ने अनौठो किराले संकट निम्त्याएको छ ।
रुसी रक्षा मन्त्रालयको रिपोर्ट अनुसार साइबेरियाको एउटा क्षेत्रमा सामान्यभन्दा ४२८ गुणा बढी रगत चुस्ने किराहरू देखिएका छन् ।
रुसी वैज्ञानिकका अनुसार मान्छेमा खराब असर देखाउन २ किसिमका किराहरू देखिएको पत्ता लगाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेली मेलमा प्रकाशित रिपोर्ट अनुसार कोरोना महामारीसँगै निम्तिएको रगत चुस्ने किराको संकटले डरलाई बढाएको छ । बिरामी ह्वात्तै बढेपछि साइबेरियाका अस्पतालमा खोप र औषधिहरू अभाव भएको छ ।
मध्य रुसको क्रास्नोयास्क क्षेत्रमा किराले टोकेका ८ हजार २१५ बिरामी अस्पताल आएका छन्, जसमा २ हजार १२५ बालबालिका समेत रहेका छन् । शहरको प्रतिवर्गकिलोमिटरमा २१४ बिरामी देखिएका डेली मेलको रिपोर्टमा उल्लेख छ ।
रुसको रोग नियन्त्रण तथा उपचार केन्द्रका अनुसार रगत चुस्ने किरामध्ये लगभग २ प्रतिशतले टिक–बोर्न भाइरल एन्सेफलाइटिस बोकेका छन्, जसले स्थायी रुपमा मस्तिष्कमा क्षति पुर्याउन सक्छ । रक्षा मन्त्रालयको रिपोर्ट अनुसार साइबेरियाका धेरै क्षेत्र किराको बथानबाट प्रभावित भएका छन् ।
किराको संख्यामा भइरहेको उल्लेख्य वृद्धि रुसमा चिन्ताको विषय बनेको छ । किराले टोकेका बिरामी अस्पतालमा बढ्दै गएकाले औषधि र खोपको समेत अभाव देखिएको छ । किराले टोकेका बिरामीहरू अस्पताल जानुअघि कोरोना भाइरस संक्रमण हुने डरमा समेत रहने गरेका छन् ।
Invasion of mutant blood-sucking ticks hits Russia https://t.co/LWNykOOoXB
— Daily Mail Online (@MailOnline) June 2, 2020
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।