आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यी मुख्यमन्त्रीले आकस्मिक बैठकमा सांसदसँग माफी माग्नु परेपछि ...

यी मुख्यमन्त्रीले आकस्मिक बैठकमा सांसदसँग माफी माग्नु परेपछि ...

  • मिडिया डबली
  • मंगलवार, जेठ २० २०७७

  • 7.7K
    SHARES

  • यी मुख्यमन्त्रीले आकस्मिक बैठकमा सांसदसँग माफी माग्नु परेपछि ...

    काठमाडौं – संघ र प्रदेशमा रहेका कम्युनिस्ट सरकारहरूले मनपरी ढंगले काम गरिरहेको गुनासो सर्वत्र छ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले नै पार्टीमा सल्लाह नगरी सरकार चलाउने गरेको सार्वजनिक गुनासो सुनिन्छ ।

    यस्तै बेला एक जना कम्युनिस्ट मुख्यमन्त्रीले पार्टीका सांसदसँग माफी माग्नुपर्ने अवस्था आएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले संसदमै सरकारको विरोध गर्न थालेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलवार संसदीय दलको बैठक बोलाएर माफी मागेका छन् ।

    दलको बैठक सुरू गर्दै मुख्यमन्त्री भट्टले सरकार सञ्चालनमा पार्टीको संसदीय दलसँग समन्वय गर्न नसकेकोमा माफी मागेका छन् । पूर्व बजेट छलफलका क्रममा सदनमै सरकारको चर्को विरोध गर्दै मुख्यमन्त्री भट्टले काम गर्न नसकेकाले राजिनामा दिनुपर्ने भन्दै नेकपाका प्रदेशसभा सदस्यहरू नै बोल्न थालेपछि मुख्यमन्त्री तथा दलका नेता भट्टले आकस्मिक रुपमा दलको बैठक बोलाएका हुन् ।

    बैठकमा सबै प्रदेशसभा सदस्यहरूले बोल्ने पालो नपाएपछि बुधवार बिहान फेरि बस्ने गरी दलको स्थगित भएको छ । मंगलवारको बैठकमा मुख्यमन्त्री भट्ट निकै रक्षात्मक देखिएको बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले जानकारी दिएका छन् ।

    ती सासंदका अनुसार मुख्यमन्त्रीले सुरूमै झण्डै अढाइ वर्ष सरकार चलाएको र यस अवधिमा पार्टी र संसदीय दलसित समन्वय हुन नसकेकोमा क्षमा मागेका छन् । आगामी दिनमा दलसितको समन्वयलाई जोड दिइने र दलकै सल्लाह अनुसार सरकार चलाउने उनको प्रतिबद्धता थियो ।

    बैठक सुरू हुनुअघि नै दलका सदस्यहरूको मनोविज्ञान बुझेका मुख्यमन्त्री भट्टले आफ्नो र सरकारको चर्को विरोध हुने देखेपछि रक्षात्मक बन्ने रणनीति अपनाएका थिए ।

    पार्टीका केन्द्रीय सदस्य समेत रहेका प्रदेशसभा सदस्य बीरमान चौधरीले सरकारका पछिल्ला गतिविधि सन्तोषजनक नदेखिएको र दलमा सल्लाह नगरी आफूखुसी जाने चाहना राखे सरकार परिवर्तन समेत हुनसक्ने चेतावनी दिएका छन् ।

    दलको मंगलवारको बैठकमा बोलेका १२ जना प्रदेश सांसदहरूले सरकारको समीक्षा गर्न ढिलो भइसकेको बताएका छन् । मंगलवार प्रमुख सचेतक तारालामा तामाङ, सचेतक अक्कल रावल, विषयगत समितिका सभापतिहरू नेपालु चौधरी, हर्कबहादुर कुँवर र कुन्ति जोशी र प्रदेश सांसद लिलाधर भट्ट लगायतले बोलेका थिए ।

    प्रमुख सचेतक तामाङले अरु बेला जे सुकै भए पनि विपद आइलागेको बेलामा समेत सरकारले जनताले देख्ने गरी काम गर्न नसकेकाले समीक्षा गर्न जरुरी रहेको बताए । सचेतक रावलले सरकारको कामले आफूहरूलाई जनतामा जान गाह्रो परेकाले विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २० २०७७०३:१८:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend