आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कुन प्रदेशमा कति कोरोना संक्रमित ? हेर्नुहोस् ग्राफ

कुन प्रदेशमा कति कोरोना संक्रमित ? हेर्नुहोस् ग्राफ

  • मिडिया डबली
  • मंगलवार, जेठ २० २०७७

  • 6.0K
    SHARES

  • कुन प्रदेशमा कति कोरोना संक्रमित ? हेर्नुहोस् ग्राफ

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा दिनदिनै बढ्दै गइरहेको छ ।

    पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अद्यावधिक विवरण सार्वजनिक गर्दै सबैभन्दा धेरै संक्रमित रौतहटमा ७४ जना थपिएका जनाएका छन् ।

    धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । परोहा, गौर, राजदेवी नगरपालिका र यमुनामाई गाउँपालिका उनीहरू ८ वर्षीया बालिकासहित १३ देखि ६० वर्षका पुरुष छन् ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट ३६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरू परोहा, राजदेवी नगरपालिका र दुर्गाभगवती गाउँपालिकाको क्वारेन्टाइनमा छन् र १२ देखि ४८ वर्षका पुरुष हुन् ।

    सर्लाहीका २१ जनामा संक्रमण पुष्टि भएको छ । बलरा नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका संक्रमितहरू १३ देखि ४० वर्षका पुरुष रहेका छन् ।

    सिराहाका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका संक्रमितहरू १६ देखि ४२ वर्षका छन् ।

    धनुषामा ६ जना र महोत्तरीमा २ जना संक्रमित थपिएका छन् । सप्तरी रामघटका २० वर्षीय पुरुष र बारा देवतालका १८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

    यस्तो छ संक्रमितको राष्ट्रिय र प्रदेशगत विवरणको ग्राफ

    grap.jpg

    province.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २० २०७७०२:५२:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend