आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसका ८ सांसदको संविधान संशोधन प्रस्ताव संसदमा दर्ता

कांग्रेसका ८ सांसदको संविधान संशोधन प्रस्ताव संसदमा दर्ता

  • मिडिया डबली
  • मंगलवार, जेठ २० २०७७

  • 4.2K
    SHARES

  • कांग्रेसका ८ सांसदको संविधान संशोधन प्रस्ताव संसदमा दर्ता

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ८ सांसदले मंगलवार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएका छन् ।

    सांसदहरू प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव, अभिशेकप्रताप शाह, नमिता चौधरी र पदमनारायण् चौधरीले संघीय संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएका हुन् ।

    सांसदहरूले पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन दर्ता गराएको जनाएका छन् ।

    संशोधन दर्ता गर्ने मध्येका सांसद सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी दिएरै संशोधन हालिएको बताएका छन् । सांसदहरूले तत्कालीन कांग्रेस नेतृत्वकै सरकारले अघि बढाएको विधेयकमा उल्लेखित विषयभन्दा फरक समानुपातिक समावेशीको विषय थपेको जनाएका छन् ।

    संविधानमा समावेशी प्रतिनिधित्वको व्यवस्था मात्रै रहेकोमा संशोधनमा समानुपातिक शब्द थप गरिएको छ ।

    यसअघि कांग्रेसले प्रदेशको सीमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्न खोजेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २० २०७७०२:३७:०५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend