धरान– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेका १८ जना कोरोना भाइरस संक्रमित निको भएका छन्। उनीहरुलाई गएराति डिस्चार्ज गरिएको छ।
बिपी प्रतिष्ठानबाट डिस्चार्ज भएका १८ जना झापा र धरानका रहेका छन्। उनीहरुको दुईपटक पीसीआर बिधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ ।
उनीहरुमध्ये धरानकी एक जना महिला र १७ जना झापाका रहेको प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाले जानकारी दिए। उनका अनुसार, सबै जना खुशी रहेका छन्।
उनीहरुको धरानका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक डा।मौरीशंकर साहलगायतले बिदाइ गरेका थिए। घर फर्किदा उनीहरुले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका थिए।
अझै ८० जना प्रतिष्ठानको आइसोलेसनमा रहेका छन्। उनीहरुको उपचार चलिरहेको छ। सबैको अवस्था सामान्य रहेको जनाएएको छ।
उनीहरुसँगै निको भएर घर फर्किने संक्रमितको संख्या दुई सय ३९ पुगेको छ। यस अघि दुई सय २१ जना निको भएका थिए।
मंगलबारसम्म नेपालमा संक्रमितको संख्या एक हजार आठ सय ११ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोनाबाट आठ जनाले ज्यान गुमाएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।