काठमाडौं– काठमाडौंको कमलादीस्थित बुटिक होटलमा जुवा खेलिरहेका बेला ८ व्यापारी र होटल सञ्चालक पक्राउ परेका छन्। दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तले उनीहरूलाई सोमबार राति पक्राउ गरेको हो।
प्रहरीका अनुसार व्यापारीहरू नन्दकिशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, बिमल अहुजा र विमलकुमार खेतानलाई जुवा खेलिरहेका बेला पक्राउ गरिएको हो।
वृत्तका डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले होटलमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। टोलीले होटल सञ्चालक कोलकताका मिक्की जोगाईलाई समेत पक्राउ गरेको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामकुमार ज्ञवालीले ८ जुवाडे र एक जना होटल सञ्चालक पक्राउ गरिएको पुष्टि गरे। अशोककुमार अग्रवाल गिनीका अवैतनिक वाणिज्य दूत हुन्। उनी विशाल ग्रुपका सञ्चालकसमेत हुन्।
उनीहरूको साथबाट प्रहरीले १ सय ७९ चिप्स र २ लाख ७७ हजार नगदसमेत बरामद गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।