आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, अवस्था भयावह बन्दै

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, अवस्था भयावह बन्दै

  • मिडिया डबली
  • मंगलवार, जेठ २० २०७७

  • 4.8K
    SHARES

  • गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, अवस्था भयावह बन्दै

    काठमाडौं– गण्डकी प्रदेशको स्याङ्जा र पर्वतमा ५–५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश पोखराका अनुसार स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमामा बसेका बर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र बिरुवा गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा बसेका बर्ष २० का १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

    यसैगरी पर्बतको फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा बसेका बर्ष २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा बसेका बर्ष १९, २० र २१ का ३ जना पुरुषमा समेत गरि पर्बत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

    निर्देशनालयका अनुसार सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

    यो संगै नेपालमा संक्रमितको संख्या १ हजार ८२१ पुगेको छ । संक्रमित मध्ये २२१ जना निको भएर घर फर्किसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २० २०७७०४:१७:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend