आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जब प्रदेश प्रमुखलाई राजा बन्ने रहर जाग्यो

जब प्रदेश प्रमुखलाई राजा बन्ने रहर जाग्यो

  • मिडिया डबली
  • मंगलवार, जेठ २० २०७७

  • 6.4K
    SHARES

  • जब प्रदेश प्रमुखलाई राजा बन्ने रहर जाग्यो

    काठमाडौं–हिजो गण्डकी प्रदेश संसदमा नीति तथा कार्यक्रमको प्रस्तुती थियो । प्रदेश प्रमुख अमिक शेरचनलाई नीति तथा कार्यक्रम पेश गर्न जाँदा यसपटक लकडाउनले सर्वत्र सन्नाटा रहेको ब्रिफिङ्ग गरियो । यस्तो अवस्थामा विगतमाझैं तामझाम नगर्दा बेश हुने हो कि हजुर ! भनेर सल्लाह पनि दिइयो । किनकि, जेठ २ गते संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदा लावालस्करसहित राष्ट्रपतिको सवारी चलाइएकोमा सामाजिक सञ्जालमा चर्को आलोचना भएको कर्मचारीहरूले थाहा पाइसकेका थिए ।

    तर के गर्नु, आखिर क्रान्तिकारी कमरेडको पनि मनै हो । विगतमा त्यत्रो त्याग के को लागि गरिएको आशय झल्कने गरी अलिअलि भएपनि तामझाम निकालेर जानुपर्ने आशय देखाएपछि सुरक्षा र प्रशासनिक संयन्त्र तामझामको बन्दोबस्तमा जुटिहाल्यो ।

    अपरान्ह लकडाउनको कारण सुनसान सडकमा पनि अगाडि ट्राफिक प्रहरीको मोटरसाईकल चर्को साइरन बजाएर बाटो क्लियर गर्दै गुड्यो । त्यसपछि झण्डा फहराएको प्रमुखको गाडीलाई वीचमा राखेर सुरक्षा निकायका अगुवा र पछुवा गाडीहरू हुँइकिए । सिडियो, सुरक्षा निकाय र अन्य सरकारी गाडीको लस्कर पनि सँगसँगै सभास्थल पुगेको थियो ।

    विगतको राजकीय परम्परा र माथिको सिको गर्दै प्रमुख शेरचनले संसदमा १ घण्टा ५० मीनेट बोले । जीब्रो राम्रोसँग फड्कार्न नसकेकाले होला कोरोनाको सन्दर्भमा पटक पटक डिस्इन्फेक्सनलगायत दुई चार वटा शब्दको उच्चारणमा लटरपटर देखियो । त्यसपछि पहिले झैँ तामझामका साथ निवास फर्किए । जनआस्था साप्ताहिकबाट

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २० २०७७०४:०८:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend