पोखरा – नेपाल विद्यार्थी संघ कास्कीले विद्यार्थीको पठनपाठन र स्वास्थ्यमा ध्यानाकर्षण भएको जनाउँदै सोमबार प्रेस विज्ञप्ति जारी गरेको छ ।
नेपाल विद्यार्थी संघ कास्कीका निवर्तमान सभापति विकास थापाले आईतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले असार १ गतेबाट पठनपाठन सुरू गर्न आह्वान गरिएको विषय सरासर विद्यार्थीहरूको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको प्रस्ट देखिएको जनाएका छन् ।
मन्त्रीको आह्वान तत्काल फिर्ता लिन तथा विद्यार्थीको स्वास्थ्य र पठनपाठनलाई ध्यानाकर्षण गर्दै विज्ञप्ति जारी गरेर सरकारलाई र स्थानीय प्रशासनको ध्यान केन्द्रित गरिएको उनले बताएका छन् ।
नेता थापाले विज्ञप्तिमार्फत निजी विद्यालयलाई अनलाइन कक्षा र भर्ना लगायतका कुनै पनि बहानामा शुल्क नलिन अनुरोध गर्दै त्यस्तो कार्य गरिएको भेटिएमा नेविसंघ कास्की त्यसको विरुद्धमा रहने र असहज परिस्थितिको जिम्मा निजी विद्यालय र प्रशासनले लिनुपर्ने समेत प्रस्ट पारेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।