आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाको नयाँ तथ्य : उच्च पहाडमा बस्ने व्यक्तिलाई कोरोना संक्रमणको जोखिम कम !

कोरोनाको नयाँ तथ्य : उच्च पहाडमा बस्ने व्यक्तिलाई कोरोना संक्रमणको जोखिम कम !

  • मिडिया डबली
  • सोमवार, जेठ १९ २०७७

  • 5.5K
    SHARES

  • कोरोनाको नयाँ तथ्य : उच्च पहाडमा बस्ने व्यक्तिलाई कोरोना संक्रमणको जोखिम कम !

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी तीब्र रुपमा फैलिरहेका बेला यसबारे अनुसन्धान समेत भइरहेका छन् ।

    पछिल्लो एक अध्ययन अनुसार उच्च हिमाली र पहाडी क्षेत्रमा बस्ने व्यक्तिलाई बेंसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने देखाएको छ ।

    अध्ययन अनुसार समुद्री सतहबाट ३ हजार मिटरभन्दा माथिको बस्तीमा बस्ने व्यक्तिलाई कोरोना भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने देखिएको छ ।

    अमेरिकी पत्रिका वासिङ्टन पोस्टले अध्ययनको समाचार दिएको छ । समाचारअनुसार अध्ययनमा अस्ट्रेलिया, बोलिभिया, क्यानाडा र स्वीट्जरल्याण्डका अनुसन्धानदाताहरूले भाग लिएका थिए ।

    अनुसन्धानदाताले बोलिभिया, इक्वेडर र तिब्बतको अध्ययन गरेका थिए । अनुसन्धानबाट समुद्री सतहबाट कम उचाइमा रहेका ती अरु देशको तुलनामा तिब्बतका मानिसमा कोरोनाको प्रकोप कम रहेको पाइएको छ ।

    तिब्बत उच्च हिमाली क्षेत्रमा पर्दछ । अन्यत्रको तुलनामा तिब्बतका नागरिकमा संक्रमणको दरमा ३ गुणाले कमी पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

    अनुसन्धानकर्ताले मार्च २३ देखि अप्रिल ३ सम्मका समुद्री सतहबाट कम उचाइमा रहेका शहरहरू र तिब्बत तथा यस्तै उच्च पहाडी इलाकाका शहरका ४ लाख २० हजार स्थानीय नागरिकसँगको अन्तर्वार्ताबाट नयाँ तथ्य पत्ता लगाएका जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १९ २०७७०३:०९:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend