काठमाडौं – दैलेख जिल्लाको सदरमुकामस्थित नारायण क्याम्पसको क्वारेन्टाइनमा बसेका व्यक्तिहरू भागेका छन् ।
नारायण नगरपालिकाको क्याम्पसमा राखिएका भारतबाट आएका व्यक्तिहरू क्वारेन्टाइनबाट भागेका हुन् ।
क्याम्पसमा १०५ जना राख्ने क्षमता भएपनि २१९ जनालाई राखिएकोमा कोरोना संक्रमित पुष्टि भएका व्यक्तिलाई समेत २ दिनसम्म क्वारेन्टाइनमै राखेपछि सबै भागेका छन् ।
कोरोना संक्रमण भएको पुष्टि भएका १७ जनालाई समेत क्वारेन्टाइनमै राखिएको छ । संक्रमितलाई अस्पताल भर्ना नगरेर आफूसँगै राखेपछि सबै भागेर गाउँ छिरेका छन् । क्वारेन्टाइनमा रहेका अन्य केही व्यक्तिमा पनि सोमबार कोरोना पुष्टि भएको छ । क्वारेन्टाइनमा रहेका संक्रमितको संख्या ३४ पुगेपनि अस्पताल नलगिएको स्थानीयको गुनासो छ ।
दैलेखमा मजदुरीको लागि भारत गएका व्यक्तिहरू धेरै भित्रिएका छन् । हाल नारायण नगरपालिकामा १ हजार ४०० बढी व्यक्ति रहेका छन् । भारतबाट आउने क्रम नरोकिएकाले व्यवस्थापनमा कठिनाइ भएको मेयर रत्नबहादुर खड्काले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।