आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

फेरि थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ८११ पुग्यो

फेरि थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ८११ पुग्यो

  • मिडिया डबली
  • सोमवार, जेठ १९ २०७७

  • 4.3K
    SHARES

  • फेरि थप १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ८११ पुग्यो

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण नेपालमा ह्वात्तै बढ्दै गएको छ ।

    सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले थप १३ जनामा कोरोना पुष्टि भएको र यससँगै नेपालमा संक्रमितको संख्या १ हजार ८११ पुगेको जनाएका छन् ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका २ जना, नवलपरासीका १ जना, गुल्मीका १, कपिलवस्तुका ७ र रुपन्देहीका २ जनामा संक्रमण भेटिएको उनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    अपराह्न ४ बजेको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको पछिल्लो अद्यावधिक संख्या १ हजार ७९८ रहेको जनाएका थिए ।

    samir.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १९ २०७७०२:४४:५२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend