आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

‘पाकिस्तान जिन्दावाद’ बाट १३ भारतीय सैनिकलाई नेपाली सेनाले नियन्त्रणमा लिएको भन्दै भिडियो भाइरल

‘पाकिस्तान जिन्दावाद’ बाट १३ भारतीय सैनिकलाई नेपाली सेनाले नियन्त्रणमा लिएको भन्दै भिडियो भाइरल

  • मिडिया डबली
  • सोमवार, जेठ १९ २०७७

  • 14.0K
    SHARES

  • ‘पाकिस्तान जिन्दावाद’ बाट १३ भारतीय सैनिकलाई नेपाली सेनाले नियन्त्रणमा लिएको भन्दै भिडियो भाइरल

    काठमाडौं - अहिले नेपाल र भारतबीच सिमा विवादले सम्बन्धमा समस्या परेको छ ।

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालसँगको सिमा विवाद उल्लेख गर्दै हालैमात्र भारतको मोदी सरकार छिमेकका लागि खतरा भएको आरोप लगाएका थिए ।

    उनले ट्वीटबाट भारतमाथि गम्भीर आरोप लगाइरहँदा पाकिस्तानबाट सामाजिक सञ्जालमा नेपाल भारतबीचको पछिल्लो अवस्थाबारे नियोजित तरिकाले प्रोपोगान्डा मच्चाउन थालिएको छ ।

    पाकिस्तान जिन्दावाद नामको ट्वीटर पेजबाट १३ भारतीय सैनिकलाई नेपाली सेनाले नियन्त्रणमा लिएको भनी भिडियो पोष्ट गरिएको छ । भिडियोमा भारतीय सुरक्षा फौज र नेपाली अधिकारी देखिन्छन् ।

    भिडियो पोष्ट गरी उर्दुमा लेखिएको छ, ‘यो भिडियोमा १३ भारतीय सैनिक नेपाली सेनाद्वारा नियन्त्रणमा लिइएका हुन् । यो भिडियोमा नेपाली सेनाका वरिष्ठ अधिकारी र कायर भारतीय सैनिकहरु देखिन्छन् ।’

    pak 1.png

    भिडियो सन् २०१५ को नोभेम्बरको हो । त्यतिबेला भारतीय सुरक्षाकर्मी आपराधिक समुहको पिछा गर्दै नेपालको सिमाभित्र पसेपछि नियन्त्रणमा लिइएका थिए । पछि दुवै देशको सुरक्षाकर्मी र प्रशासन बसेर सिमा पारी फर्काइएका थिए । भिडियोमा यो विषय समेत उल्लेख छ । तर, नेपाल र भारतबीच सिमा विवाद भइरहँदा हालैमात्र भएको जसरी पुरानो भिडियो राखेर दुई देशबीच सैन्य टकराव नै भएको जसरी अफवाह फैलाउन थालिएको छ ।

    pak 2.png

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १९ २०७७१२:२८:१४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend