काठमाडौं–बाँकेमा भएको सवारी दुर्घटनामा मृत्यु भएका १२ जनाको ठेगना खुलेको छ। उनीहरु दाङ, सुर्खेत, सल्यान र रोल्पाका वासिन्दा भएको खुलेको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा दाङका २ , सुर्खेतका ३, रोल्पाका १ र सल्यानका ६ जना छन्।
मृतकमध्ये चालक सुर्खेतका हुन्। नेपालगन्जबाट दाङ हुँदै सल्यानतर्फ गुडेको फोर्स गाडी रोकिराखेको ट्रकमा गएराति सवा १२ बजे ठोक्किदां १२ जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा चालकसहित भारतबाट घर फर्किरहेकाहरु हुन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।