काठमाडौं– पहाडी जिल्लासहितका कोरोनाको न्यूनप्रभावित क्षेत्रमा जेठ २० गतेदेखि लकडाउनलाई केही फरक मोडालिटीमा लैजानेबारे छलफल चलेको छ, तर टुंगो लागेको छैन ।
सरकारको शनिबारको निर्णयअनुसार लकडाउन जेठ ३२ गतेसम्म जारी रहने र विमानस्थल असार १६ सम्म बन्द गर्ने भनिएको छ । जेठ ३२ पछि लकडाउन हलुका बनाउने या २० बाटै शुरु गर्ने भन्नेबारे निर्णय भएको छैन ।
लकडाउनलाई हलुका बनाउने नीतिभित्र अत्यावश्यक सेवा सुचारु गर्ने कुरा प्रमुख छ । निर्माण, कृषि, घरेलु उद्योग खोल्न अनुमति दिइने भएको छ । तर, सार्वजनिक यातायात, सिनेमा हल, सपिङ मल, रेष्टुरेण्ट, बार, शैक्षिक संस्था भने बन्द रहने छन् ।
निजी सवारी साधनको हकमा मोटरसाइकलमा एकजनामात्र, चारपांग्रेमा दुई जनासम्मलाई यात्रा अनुमति दिइने भएको छ । जनआस्था साप्ताहिक
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।