आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सावधान ! देशभर विभिन्न ठाउँमा चट्याङ र वर्षाको सम्भावना, कहाँ कस्तो मौसम ?

सावधान ! देशभर विभिन्न ठाउँमा चट्याङ र वर्षाको सम्भावना, कहाँ कस्तो मौसम ?

  • मिडिया डबली
  • सोमवार, जेठ १९ २०७७

  • 6.1K
    SHARES

  • सावधान ! देशभर विभिन्न ठाउँमा चट्याङ र वर्षाको सम्भावना, कहाँ कस्तो मौसम ?

    काठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशभर विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन चेतावनी दिएको छ ।

    आज बिहानै मौसमी अवस्थाबारे जानकारी सार्वजनिक गर्दै महाशाखाले भनेको छ, ‘देशका पूर्वी भू–भागहरू लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ ।’

    नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै महाशाखाले अहिले देशभर सामान्य बदली रही प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केही भू–भागमा वर्षा भइरहेको जानकारी दिएको छ ।

    सोमबार पूर्वी भू–भागहरू लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । पूर्वी भू–भागहरू लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति पूर्वी भू–भागहरू लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू–भागहरू लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

    मंगलबार देशको पूर्वी भू–भागहरू लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । पूर्वी भू–भागहरूका थोरै स्थानमा र मध्य तथा पश्चिमी पहाडी भू–भागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

    बुधबार देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका १–२ स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    पूर्वी भू–भागहरू लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १९ २०७७०३:४०:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend