काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा ह्वात्तै बढिरहेको बेला आईतबार मध्यराति जुम्ला र दैलेखका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये जुम्लाका १७ जना र २ जना प्रहरी रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालको प्रयोगशाला विभागले सार्वजनिक गरेको विवरण अनुसार जुम्लामा १९ जना र दैलेखका थप २४ जनामा कोरोना पोजेटिभ भएको छ ।
स्वाब परीक्षण गर्दा संक्रमण देखिनेमा जुम्लाको हिमा गाउँपालिकाका ८ जना, सिञ्जा गाउँपालिकाका ९ जना र नेपाल प्रहरी २ जना रहेका प्रयोगशालाको प्रतिवेदनमा उल्लेख छ ।
जुम्ला हिमा गाउँपालिकाका–१ का ३६ वर्षीय र ६३ वर्षीय पुरुष, वडा नम्बर ६ का २३ वर्षीय पुरुष, वडा वडा नम्बर ५ का २६, २३, ४३, ४६ वर्षीय पुरुष, वडा नम्बर ७ का ५९ वर्षीय पुरुष गरी ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
सिञ्जा गाउँपालिकाका वडा नम्बर ३ का २४ वर्षीय पुरुष, वडा नम्बर ४ का २३, २३ र २१ वर्षीय पुरुष, वडा नम्बर ५ का २६, ३६ वर्षीय पुरुष वडा नम्बर ६ का ४५,३१ १२ वर्षीय पुरुष गरी ९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा खटिएका २ जना प्रहरीमा समेत कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।