काठमाडौं – कोरोना महामारीबाट बच्न भारतबाट फर्केका नेपालीलाई बोकेको बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुवाहक माइक्रो बस (हाइस) दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित जंगलमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले बताए । दुर्घटनास्थल अगैयादेखि १३ किलोमिटर पश्चिममा पर्छ ।
नेपालगञ्जबाट दाङ हुँदै सल्यान जान लागेको ना५ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको एसएसपी बैदवारले बताएका छन् । उनका अनुसार ११ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरूको पहिचान हुन सकेको छैन । दुर्घटनामा परी २१ जना घाइते भएका छन् । घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ ।
गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ । ६ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता बैदवारले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।