काठमाडौं – राजधानी काठमाडौंको सोह्रखुट्टेमा नेपाली युवतीमाथि घिनलाग्दो हर्कत गर्दै दुर्व्यवहार गर्ने चिनियाँलाई ७ दिन हिरासतमा राख्न जिल्ला प्रशासन काठमाडौंले अनुमति दिएको छ ।
आईतबार एक चिनियाँविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरिएकोमा जिल्ला प्रशासन कार्यालयले ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक खड्काले बताए ।
शनिवार साँझ क्षेत्रपाटी चोकमा नेपाली युवतीमाथि चिनियाँले दुर्व्यवहार गरेपछि स्थानीयले कुटपिट गरी प्रहरीसमक्ष बुझाएका थिए । ‘दुई चिनियाँमध्ये एक जनाको गल्ती नभएको कारण मुद्दा चलेन,’ उनले भने, ‘जिल्ला प्रशासनबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएका छौं ।’
क्षेत्रपाटी चोकमा चिनियाँले नेपाली युवती कफी खान जाम भनेर प्रस्ताव गरेको र ती युवती अगाडि हिँड्दा पनि उनी पछिपछि लागेर अभद्र व्यवहार गरेको देखपछि स्थानीयले हातपात गरेको खुल्न आएको डीएसपी खड्काले बताएका छन् ।
पीडित पक्षले शनिवार नै उजुरी दर्ता गर्न माग राखे पनि साँझ भएकाले आइतबार बिहान मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।