काठमाडौं – सरकारले आगामी असार १ गतेबाट पठनपाठन सञ्चालन गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आईतवार प्रेस विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाइ अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनिकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठनपाठनको सहज अवस्था सिर्जना गर्न दूर तथा खुल्ला शिक्षा लगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको जानकारी दिएका छन् ।
‘सो निर्देशिकालाई २०७७ साल असार १ गतेबाट कार्यान्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आह्वान गर्दछु,’ मन्त्री पोखरेले भनेका छन् ।
यसैबीच बजेट वक्तव्यको बुँदा नम्बर १६६ बारे मन्त्री पोखरेलले आफ्नो मन्त्रालयले प्रस्ताव नगरेको दाबी गरेका छन् । उनले भने, ‘बजेट वक्तव्यको बुँदा नम्बर १६६ मा उल्लेखित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रस्ताव नगरिएको भएता पनि सार्वजनिक विद्यालयको सवलीकरण र सुदृढीकरणका निम्ति गैरसरकारी क्षेत्र, विकास साझेदारहरूको सहयोग र योगदानलाई पुरक कार्यक्रमका रुप विद्यालयको व्यवस्थापन र स्वामित्व यथावत गरिने गरी परिचालन गरिने छ ।’
मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको सबलीकरण सबैको साझा दायित्व भएको पनि बताए । तर मन्त्री पोखरेलले निजी विद्यालयले जेठ २१ देखि भर्ना सञ्चालन गर्ने घोषणा गरेपनि मौन समर्थन जनाएका छन् । जबकी विद्यार्थी संगठनले त्यसको विरोध गरिरहेका छन् ।
यस्तो छ प्रेस विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।