काठमाडौं – संयुक्त राज्य बेलायतले चीनविरूद्ध १० लोकतान्त्रिक राष्ट्रहरुको संगठन बनाउने प्रस्ताव गरेको छ ।
बेलायतले भारत, दक्षिण कोरिया र अष्ट्रेलियासँगै अमेरिका, इटली, जर्मनी, फ्रान्स, जापान र क्यानडालाइ गठबन्धनको प्रस्ताव गरेको हो ्र
अत्यावश्यक प्रविधिहरूमा चीनमा निर्भरता नहोस् भनेर उक्त गठबन्धनको प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
केही समयअघि अमेरिकाको मिजौरी राज्यका महान्याधिवक्ताले कोरोनाभाइरसको संक्रमण फैलाएर खर्बौं अमेरिकी डलरको आर्थिक क्षति पुर्याएको भन्दै चीनविरूद्ध मुद्दा समेत दर्ता गरेका छन्।
मुद्धामा चीन सरकारले सुरूमा कोरोनाभाइरस ढाकछेप गरेकाले संसारभर महामारी फैलिएको आरोप लगाइएको छ।
पूर्वीमिजौरीको जिल्ला अदालतमा दायर गरिएको मुद्धामा महान्याधिवक्ता एरिक स्मिटले चिनियाँ अधिकारीहरूले भाइरस मानिसबाट सर्ने जानकारी लुकाएको, संक्रमणको चेतावनी दिनेलाई चुप लगाएको, प्रकोप नरोकी विश्वभर फैलिन दिएको आरोप लगाएका छन्।
महान्याधिवक्ता स्मिटले मुद्दाबाट आफूले ठूलो मात्रामा भएको जनधनको क्षति र त्यसबाट मानिसले पाएको दुःख र मिजौरीका जनताले भोग्नु परेको आर्थिक अशान्तिको न्याय खोजेको बताएका छन्।
चीनको पछिल्लो रवैयाविरूद्द अधिकांश देश त्यसको चर्को आलोचना गरिरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।