आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लकडाउन जेठ ३२ गतेसम्म बढाउने मन्त्रिपरिषद्को निर्णय

लकडाउन जेठ ३२ गतेसम्म बढाउने मन्त्रिपरिषद्को निर्णय

  • मिडिया डबली
  • शनिवार, जेठ १७ २०७७

  • 6.3K
    SHARES

  • लकडाउन जेठ ३२ गतेसम्म बढाउने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै लकडाउन आगामी जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

    शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

    बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले बताएका छन् ।

    सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने सरकारको योजना रहेको छ ।

    सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १७ २०७७०४:२४:२६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend