काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगका अमेरिकाका सबै सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् ।
कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको तथा चीनको पक्षपोषण गर्दै उसकै कब्जामा गरेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओसँगको सबै सम्बन्ध अन्त्य भएको घोषणा गरे ।
‘डब्ल्यूएचओ चीनको कब्जामा छ, जबकी अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ,’ ट्रम्पले भनेका छन्, ‘डब्ल्यूएचओलाई व्यापक सुधार गर्न गरिएको अनुरोधमा पनि ऊ असफल भयो ।’
डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने ट्रम्पले घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पले लामो समयदेखि आवश्यक सुधारको प्रयास गरिरहेका थिए । तर डब्ल्यूएचओमा सुधार हुने सम्भावना नदेखेपछि ट्रम्पले सबै सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।