आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विद्यालय खोल्दाखोल्दै एक्कासी बढे कोरोना संक्रमित, पुनः बन्द गर्ने निर्णय

विद्यालय खोल्दाखोल्दै एक्कासी बढे कोरोना संक्रमित, पुनः बन्द गर्ने निर्णय

  • मिडिया डबली
  • शनिवार, जेठ १७ २०७७

  • 12.5K
    SHARES

  • विद्यालय खोल्दाखोल्दै एक्कासी बढे कोरोना संक्रमित, पुनः बन्द गर्ने निर्णय
    फाइल तस्बिर

    काठमाडौं – कोरोना भाइरस संक्रमणका नयाँ संक्रमितको संख्या बढ्दै गएपछि दक्षिण कोरियामा विद्यालयहरु पुनः बन्द गर्ने निर्णय गरिएको छ ।

    कोरियन अधिकारीहरूका अनुसार ५०० भन्दा बढी विद्यालयमा पठनपाठन सञ्चालन भएको केही दिनमै बन्द गरिएका छन् ।

    भाइरसको संक्रमण नियन्त्रणमा आएको भन्दै कोरियाले बुधवारदेखि विद्यालयमा पठनपाठन सञ्चालन गरेको थियो । तर बिहीवार ७९ जना संक्रमित थपिएपछि सरकारले विद्यालयमा पठनपाठन बन्द गरेको छ । यतिधेरै संक्रमित एकैदिन देखिएको २ महिनायताकै बढी रहेको छ ।

    अधिकारीका अनुसार बिहीवार संक्रमण देखिएका अधिकांश राजधानी सोल बाहिरका एक वितरण केन्द्रसँग सम्बन्धित रहेका छन् ।

    देशकै ठूलो कम्पनी कुपाङको बुचनस्थित एक गोदाममा कार्यरत कर्मचारीलाई संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीमा दशौं हजार व्यक्ति कार्यरत भएकाले अधिकारीलाई कन्ट्याक्ट ट्रेसिङ गर्न निकै कठिन देखिएको छ । जसका कारण दक्षिण कोरियामा आगामी दिनमा संक्रमितको संख्या बढ्ने लगभग निश्चित जस्तै देखिएको बीबीसीले उल्लेख गरेको छ ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार शुक्रवार थप ५८ जनामा संक्रमण पुष्टि भएको छ । कोरोनाबारे विश्वव्यापी रूपमा तथ्यांक अद्यावधिक गरिरहेको जोन हप्किन्स विश्वविद्यालयका अनुसार दक्षिण कोरियामा शुक्रवार साँझसम्म संक्रमितको संख्या ११ हजार ४ सय २ पुगेको छ । भाइरसको संक्रमणका कारण हालसम्म २ सय ६९ जनाले ज्यान गुमाइसकेका छन् ।

    शिक्षा मन्त्रालयलाई उद्धृत गर्दै कोरिया टाईम्सले बुचन तथा सोलका ५ सयभन्दा बढी विद्यालय बन्द गर्नुपर्ने बाध्यता आइपरेको जनाएको छ । मन्त्रालयले राजधानी सोलका ११७ विद्यालयमा पठनपाठन सञ्चालन गर्ने मिति केही पर सारिएको जनाएको छ । सीएनएनका अनुसार शुक्रवारसम्ममा देशभरका ८३८ विद्यालय खुल्ने समयपछि सारिएको छ ।

    अधिकारीका अनुसार सोलस्थित एक विद्यालयका विद्यार्थीलाई भाइरसको संक्रमण देखिएको छ । उनकी आमाले बुचनको उक्त गोदाममा काम गर्दै आएकी थिइन् ।

    नयाँ संक्रमित फेला परेसँगै राजधानी सोल तथा वरपरका सार्वजनिक पार्क र संग्रहालयहरु पनि बन्द गरिएको छ । व्यवसायीलाई सकभर कर्मचारीलाई घरबाटै काम गराउन भनिएको छ भने मानिसहरुलाई भीड हुने कुनै पनि काम नगर्न आग्रह गरिएको छ ।

    दक्षिण कोरियामा सन् २०२० को सुरूवातमै भाइरसको संक्रमण व्यापक फैलिएको थियो । तर बृहत् रूपमा ‘परीक्षण, ट्रेसिङ र उपचार’का कारण छोटो समयमै नियन्त्रणमा आएको थियो । भाइरसको संक्रमण लगभग नियन्त्रणमा आएपछि कोरियामा चुनावसमेत गरिएको थियो ।

    तर पछिल्ला केही सातायता नाइट क्लबबाट फेरि संक्रमण फैलिएको हो । अधिकारीका अनुसार सोलको इथेवन क्षेत्रका ५ वटा नाइट क्लब र बार पुगेका एक व्यक्तिमा संक्रमण देखिएको थियो । कोरियाली सञ्चारमाध्यमका अनुसार इथेवन क्षेत्रसँग सम्बन्धित २ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १७ २०७७०२:३०:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend