आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सीमामा टकराव बढेपछि मोदी सरकारविरुद्ध चीनको कडा फैसला

सीमामा टकराव बढेपछि मोदी सरकारविरुद्ध चीनको कडा फैसला

  • मिडिया डबली
  • शुक्रवार, जेठ १६ २०७७

  • 6.3K
    SHARES

  • सीमामा टकराव बढेपछि मोदी सरकारविरुद्ध चीनको कडा फैसला

    काठमाडौं – भारत–चीन सीमा क्षेत्रमा तनाव बढ्दै गइरहेको बेला चीनले नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध कडा फैसला गरेको छ ।

    चीनले भारतबाट हुने गरेको सुँगुरको मासु आयातमा प्रतिबन्ध लगाउने फैसला गरेको हो । चीनको सरकारी मिडियाले सीमा क्षेत्रमा बढेको तनावसँग मासुको फैसलालाई जोडेर समाचार लेखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    चीनको भन्सार विभाग र कृषि तथा ग्रामीण मामिला मन्त्रालयले संयुक्त रुपमा सूचना जारी गर्दै भनेको छ, ‘चीनले भारतबाट सुँगुरहरू र त्यससँग सम्बन्धित सबै उत्पादनहरूमा प्रतिबन्ध लगाउँछ । प्रतिबन्धको कारण अफ्रिकी स्वाइन ज्वरो र चीनको वन्यजन्तुको संरक्षणलाई रोक्नु रहेको छ ।’

    मिडिया रिपोर्टका अनुसार भारतमा स्वाइन फ्लूको पहिलो केस मे महिनामा देखिएपछि चीन झस्किएको उल्लेख छ । भारतबाट प्रशस्त मात्रामा सुँगुरको मासु खपत हुने गरेको छ । कोरोना भाइरस महामारीको बेलामा पनि चीनमा पोर्कको माग घटेको थिएन । चीनको यस निर्णयलाई कतिपयले भारतको व्यापारलाई धक्का दिनु रहेको जनाएका छन् ।

    तर आधिकारिक सूचनामा भारत र चीनबीचको सीमा विवादको कुनै उल्लेख गरिएको छैन । सरकारी मुखपत्र ग्लोबल टाईम्सले लेखेको छ, ‘दुई देशहरू बीचको तनावको बीचमा गाल्भान उपत्यकामा भारतबाट सुँगुरको आयातमा प्रतिबन्ध लगाइएको छ । भारतले चिनियाँ क्षेत्रको सीमासँगै अवैध रक्षा पूर्वाधार निर्माण गर्न सुरू गर्‍यो, जसको कारण टकराव भयो ।’

    भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने दुवै पक्षले सीमामा रहेको तनावलाई शान्तिपूर्वक समाधान गर्न कोशिस गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १६ २०७७०४:००:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend