काठमाडौं – मन्त्रिपरिषद् बैठकले वनजंगलको साल लगायतका रुख कटान, संकलन, ढुवानी तथा ओसारपसारमा रोक लगाउने निर्णय गरेको छ ।
देशका विभिन्न ठाउँमा काठ तस्करी अनियन्त्रित रुपमा बढेपछि बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले रोक लगाउने निर्णय गरेको हो ।
सरकारले कटान भइसकेका रुख, काठ र गोलिया जे जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा राख्न वन मन्त्रालयलाई निर्देशन दिएको छ । वन तथा वातावरण मन्त्रालयले ७ वटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई परिपत्र गरेर तत्कालै निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
‘देशको विभिन्न वन क्षेत्रमा साल लगायतका विभिन्न रुखहरू कटान, संकलन, ढुवानी तथा ओसारपसार गर्ने कार्य वन क्षेत्रको दुरुपयोग हुने गरी अनियन्त्रित रुपले तीव्र गतिमा भइरहेको बुझिन आएको हुँदा नेपालभित्रको सम्पूर्ण वन क्षेत्रका साल लगायतका विभिन्न रुखहरू कटान गर्ने, संकलन, ढुवानी र ओसारपसार गर्ने कार्य तत्कालै रोक्ने र कटान भएका साल लगायतका रुख, काठ र गोलिया जहाँ जुन जस्तो अवस्थामा छन् त्यसलाई सोही अवस्थामा सुरक्षित राख्ने कार्य वन तथा भूसंरक्षण मन्त्रालयले तत्कालै गर्ने गराउने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।