काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भारतबाट घर फर्किने नेपालीका लागि २० वटा नाका तोकेको छ ।
समितिको शुक्रवार बसेको बैठकले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन दिने निर्णय गरेको हो ।
स्थलमार्गबाट आउनेका लागि २० वटा नाका तोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण बिडारीले बताए ।
उनका अनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका रहेका छन् ।
भारतमा कोरोना महामारी बढ्दै गइरहेका बेला नेपाल आउन चाहनेको संख्या बढ्दै गएको छ । सरकारले नेपाल प्रवेशमा रोक लगाएका बेला लुकीछिपी आउनेहरू बढेपछि सरकारले औपचारिक निर्णय नै गरेको भारतबाट आउन दिने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।