काठमाडौं– आगामी आर्थिक वर्षमा राष्ट्रपति कार्यालयको बजेट कटौती गरिएको छ। आगामी आर्थिक वर्षका लागि राष्ट्रपतिको लागि १६ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षको बजेटमा राष्ट्रपतिको लागि २५ करोड २८ लाख रुपैयाँ रहेको छ।
उपराष्ट्रपतिको बजेट भने केही बढाइएको छ। आगामी आर्थिक वर्षका लागि उपराष्ट्रपतिको बजेट ५ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा उपराष्ट्रपतिको बजेट ४ करोड ५९ लाख रुपैयाँ रहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।