काठमाडौं–चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अहिले भारतमा तीब्र छ । यता, चीनमा भने महामारी धेरै हदसम्म नियन्त्रण आइसकेको छ ।
वल्र्डोमिटर्सको पछिल्लो तथ्यअनुसार भारतमा कूल १ लाख ६५ हजार ३ सय ८६ मा कोरोना देखिएको छ । यो चीनभन्दा झन्डै दोब्बर हो । चीनमा कुल ८२ हजार ९ सय ९५ जनामा संक्रमण देखिएको छ ।
एशियामा सर्वाधिक महामारी फैलिएको देश भारत नै हो । विश्वमा सर्वाधिक संक्रमण फैलिएका शीर्ष १० देशमध्ये भारत नवौं स्थानमा छ । तर, सक्रिय संक्रमणलाई आधार मान्ने हो भने अमेरिका, रुस र ब्राजिल र फ्रान्सपछि भारतको नाम आउँछ ।
निको भइसकेका र मृतकको संख्या समेत जोडेर कूल संक्रमितको संख्या निकालिन्छ भने सक्रिय संक्रमितको अर्थ अहिले ठ्याक्कै कतिजनामा संक्रमण छ भन्ने हो । भारतमा संक्रमितमध्ये ७० हजार ९ सय २० जना निको भइसकेका छन् भने ४ हजार ७ सय ११ जनाको मृत्यु भइसकेको छ । अहिले ८९ हजार ७ सय ५५ जनामा कोरोनाको सक्रिय संक्रमण कायम छ ।
संख्यात्मक रुपमा योभन्दा धेरै अमेरिकामा ११ लाख ६६ हजारभन्दा बढी, रुसमा २ लाख २३ हजारभन्दा बढी , ब्राजिलमा २ लाख १८ हजारभन्दा बढी र फ्रान्समा ९० हजारभन्दा बढी सक्रिय संक्रमित छन् । यता, चीनमा कुल ८२ हजार ९ सय ९५ संक्रमितमध्ये ७८ हजार २ सय ८८ जनाले निको भइसके, ४ हजार ६ सय ३४ जनाले ज्यान गुमाइसके । यसको अर्थ अहिले ७८ जनामात्रै संक्रमित छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।