आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मध्यरातमा सेनाले गर्यो बोल्ड निर्णय, चौतर्फी प्रसंशा

मध्यरातमा सेनाले गर्यो बोल्ड निर्णय, चौतर्फी प्रसंशा

  • मिडिया डबली
  • शुक्रवार, जेठ १६ २०७७

  • 18.4K
    SHARES

  • मध्यरातमा सेनाले गर्यो बोल्ड निर्णय, चौतर्फी प्रसंशा

    काठमाडौं–नेपाली सेनाले बिहीबार राति विज्ञप्ति जारी गर्दै नेपालको संविधानअनुरुप सरकारको निर्देशन पालना गर्न कटिवद्ध रहेको जनाएको छ।

    भारतीय दुई वटा सञ्चारमाध्यमले लेखेका खबरको खण्डन गर्ने क्रममा जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहिबार राति १० बजेर ५५ मिनेटमा विज्ञप्ति जारी गरेको हो।

    नेपाली र अंग्रेजी भाषामा प्रकाशित विज्ञप्तीमा भारतीय हिन्दुस्तानटाइम्स डट कम र टीएफआइपोष्ट डट कममा प्रकाशित खबरको खण्डन गर्दै भनिएको छ, ‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरूबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित देखिन्छ।’

    हिन्दुस्तानटाइम्सले जेठ १४ गते ‘इन ह्युज सेटब्याक टु पीएम ओली, नेपाल्स न्यु पोलिटिकल म्याप हिट्स अ रोडब्लक’ शीर्षक तथा टीएफआइपोष्टले जेठ १५ गते ‘ओली अर्डर नेपाल चिफ अफ आर्मी टु रिबुट इन्डियन आर्मी चिफ्स रिमार्कस्, द नेपलिज जेनरल सेड नो थ्याङ्क्स’ शीर्षकमा समाचार दिएको थियो।

    दुवै समाचार हालै लिपुलेक विवादको सन्दर्भमा भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेले नेपालबारे दिएको आपत्तिजनक अभिव्यक्तिसँग सम्बन्धित देखिन्छन्।

    सेनाले ‘राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यसप्रकारका अफवाहहरूमा विश्वास नगर्न’ अनुरोध गरेको छ।

    ‘नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौं’, विज्ञप्तीमा भनिएको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १६ २०७७०५:००:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend