काठमाडौं–भारतसँग सीमा जोडिएका अधिकांश जिल्लामा ठूलो संख्यामा कोरोना संक्रमित बढेसँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीहरुमा पनि संक्रमण देखिन थालेको छ । यहि क्रममा धनुषाका सिडियोमा समेत कोरोना भाइरस पोजिटिभ देखिएको बताइन्छ ।
यता काठमाडौको मच्छेगाउँ निवासी ३२ बर्षीय नेवार थरका उनका चालकको पिसिआर परीक्षणको रिपोर्ट पनि हिजो पोजिटिभ आएको छ । अस्ति साँझ उनको घरमा जन्मदिनको राम्रै जमघट थियो ।
महोत्तरी जाने क्रममा चार दिनअगाडि सिडियो र ड्राइभरको स्वास्थ्य परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । कोरोना पोजिटिभको रिपोर्टले भोजमा सामेल हुनेहरु र उनीहरुसँग नजिक रहेका सबै संक्रमणको उच्च जोखिममा परेका छन् । सिडियोलाई क्वारेन्टाइनमा राख्नको लागि रातारात बलम्बूस्थित सशस्त्र प्रहरीको डेडिकेटेड अस्पतालमा ल्याइदैछ! जनआस्था साप्ताहिकबाट
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।