अमेरिका - अमेरिका–चीन सम्बन्धमा तनाव बढ्दै गएको बेलामा एक अमेरिकी सांसदले तिब्बतलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिनका लागि कांग्रेसमा विधेयक पेश गरेका छन् ।
तिब्बत क्षेत्र हाल चीनको नियन्त्रणमा छ । अमेरिका र चीन दुवै कोरोना भाइरस र ब्यापार सम्बन्धी मुद्दाहरूको बारेमा वादविवाद गरिरहेको बेला यो प्रस्ताव पेश गरिनुलाई अर्थपुर्ण ढंगले हेरिएको छ ।
अमेरिकी सांसद स्कट पेरीले प्रस्तुत गरेका उक्त विधेयकमा तिब्बतमाथि चीनको नियन्त्रणको अन्त्य गर्दै स्वतन्त्र देशका रूपमा मान्यता दिन माग गरिएको छ । विधेयकलाई विदेश मामिला सम्बन्धी संसदीय समितिमा पठाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगातार हमला गर्दै ट्विट गर्ने गरेका छन् ।
तिब्बत चीनको दक्षिण–पश्चिममा अवस्थित छ । यो भारत, नेपाल, म्यानमार र भुटानको सिमाना पनि हो । चीनले १९५४ देखि यस क्षेत्रलाई कब्जामा लिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।