आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चिनियाँ कम्युनिस्टको अत्याचार : बालबालिकालाई बौद्ध धर्मको पालना गर्न प्रतिबन्ध

चिनियाँ कम्युनिस्टको अत्याचार : बालबालिकालाई बौद्ध धर्मको पालना गर्न प्रतिबन्ध

  • मिडिया डबली
  • शुक्रवार, जेठ १६ २०७७

  • 7.2K
    SHARES

  • चिनियाँ कम्युनिस्टको अत्याचार : बालबालिकालाई बौद्ध धर्मको पालना गर्न प्रतिबन्ध

    तिब्बत – चिनियाँ अधिकारीहरूले बौद्धहरूको महान चाड सागा दावाको मौकामा तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा निगरानी तीब्र बनाएको छ ।

    तिब्बती चन्द्र क्यालेन्डरको चौथो महिनामा पर्ने सागा दावा यसपालि मे २ बाट शुरू भएको थियो ।

    यस क्रममा बुद्धको जन्म, मृत्यु र ज्ञानको सम्झना गरिन्छ र परम्परागत रूपमा यस चाडलाई विश्वभरिका बौद्ध देशहरूमा मनाइन्छ । तर तिब्बतमा भने चीनले यो चाड मनाउन प्रतिबन्धहरु लगाएको छ ।

    सो चाड मनाउनका लागि ल्हासाको प्रसिद्ध जोखांग मन्दिर र अन्य धार्मिक स्थलहरूमा सर्वसाधारणको लागि खुला गरिए पनि विद्यार्थीहरू, सरकारी कर्मचारीहरू र राज्यबाट पेन्सन लिने व्यक्तिहरूलाई धार्मिक कार्यक्रमहरूमा भाग लिन अनुमति नदिइएको शहरका एक निवासीले बताएका छन् ।

    अभिभावकलाई चिनियाँ अधिकारीहरूले बच्चाहरूलाई सागा डावामा धार्मिक समारोहमा भाग लिन नदिन चेतावनी दिएका दिएका छन् ।

    अधिकारीहरूले कम्युनिस्ट पार्टीका सदस्यहरू, सरकारी कर्मचारीहरूलाई पनि धार्मिक समारोहमा भाग लिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको बुझिएको छ । ल्हासामा चाडको बेलामा प्रहरी गतिविधि पनि बढाइएको छ, जसबाट सर्वसाधारणमा त्रासको वातावरण बनेको छ ।

    चीनका तिब्बती जनसंख्या भएका क्षेत्रहरुमा चिनीया अधिकारीहरूले बालबालिकामा बौद्ध धर्मको प्रभाव नपरोस् भनेर उनीहरुलाई धार्मिक कार्यक्रमहरू सहभागी हुन प्रतिबन्ध लगाउँदै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १६ २०७७०२:४०:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend