आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाले मृत्युको खबर आएपछि रातभर रुवाबासी, बिहान छोरा भेटिए जीवितै !

कोरोनाले मृत्युको खबर आएपछि रातभर रुवाबासी, बिहान छोरा भेटिए जीवितै !

  • मिडिया डबली
  • शुक्रवार, जेठ १६ २०७७

  • 12.5K
    SHARES

  • कोरोनाले मृत्युको खबर आएपछि रातभर रुवाबासी, बिहान छोरा भेटिए जीवितै !

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट आफन्तको मृत्युको खबरले सबैको रुवाबासी चल्छ । तर एउटा यस्तो घटना भएको छ, जसले आफन्त र खबर सुन्ने सबैलाई आश्चर्यचकित बनाउँछ ।

    भारतको उत्तर प्रदेश (यूपी) को सन्त कबीरनगर जिल्लामा कोरोना भाइरस संक्रमणको उपचार गरिरहेका व्यक्तिको मृत्यु भएको खबर उनका बुवालाई गरियो, लगत्तै मृतकको शव प्याक गरेर परिवारको जिम्मा लगाइयो ।

    यस घटनामा स्थानीय प्रहरी र स्वास्थ्य विभागको गम्भीर लापरवाही उजागर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घरमा शव पुगेपछि रातभर परिवारका सदस्य र गाउँलेमा शोक, विलाप र रुवाबासी भयो ।

    बिहान अन्त्येष्टिका लागि शवलाई आर्यघाट पुर्‍याएपछि अचम्मको घटना भयो । शव जलाउनुअघि बुवाले मृतक छोराको अनुहार हेर्ने इच्छा व्यक्त गरे र मृतकको अनुहार देख्ने बित्तिकै बुवा र प्रहरी अचम्ममा परे । प्रहरीले घरमा पुर्‍याएको शव उनका छोराको थिएन, अर्कै कोरोना संक्रमितको शव अर्कै परिवारको जिम्मा लगाइएको थियो ।

    कोरोना भाइरस संक्रमणको खतराका कारण मृतकको शवलाई घरमा वा अस्पतालमा हेर्न दिइएको थिएन । अन्त्येष्टि गर्नुअघि आर्यघाटमा अन्तिम पटक हेर्न दिइएको थियो । अन्तिमपटक शव हेर्दा अर्कैको भेटिएपछि सबै चकित परेका थिए । पछि त्यो शवलाई अर्काे ठाउँमा सम्बन्धित परिवारको जिम्मा लगाइएको थियो ।

    अर्काेतिर मृतक भनिएका व्यक्ति अस्पतालमा जिउँदै रहेको र उपचार भइरहेको खबर परिवारले पाएका थिए । उत्तर प्रदेश सरकारले घटनाको छानबिन गरिरहेको र दोषीलाई कारवाही गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १६ २०७७०२:०८:१२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend