आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओली सरकारलाई घेर्दै नेविसंघ र दलित संघ, हत्यारालाई कडा कारवाही गर्न माग

केपी ओली सरकारलाई घेर्दै नेविसंघ र दलित संघ, हत्यारालाई कडा कारवाही गर्न माग

  • मिडिया डबली
  • बिहिवार, जेठ १५ २०७७

  • 6.9K
    SHARES

  • केपी ओली सरकारलाई घेर्दै नेविसंघ र दलित संघ, हत्यारालाई कडा कारवाही गर्न माग

    काठमाडौं – पश्चिम रुकुममा दुलही ल्याउन गएका जाजरकोटका नवराज विक सहितको हत्या हुने गरी भएको घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरिएको छ ।

    नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल दलित संघले काठमाडौंको माइतीघर मण्डलामा संयुक्त आन्दोलन गर्दै कारवाहीको माग गरेका छन् ।

    पश्चिम रुकुम हत्याकाण्डको विरोधमा माइतीघर मण्डलामा धर्ना कार्यक्रमपछि कोणसभा समेत गरिएको छ ।

    धर्ना कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार, संविधानसभा सदस्य राजीवविक्रम शाह, नेविसंघका महामन्त्री दीपक भट्टराई र तरुण नेत्री लक्ष्मी खतिवडा लगायतले सम्बोधन गरेका थिए ।

    विरोध कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य परियारले पश्चिम रुकुम घटनाका दोषीलाई कडा कारवाही हुनुपर्ने माग गरे । ‘जातीय सद्भाव भड्किने गरी भएको यतिठूलो अपराध कहिल्यै पनि हुन सक्दैन । यस घटनाको नेतृत्व सत्तारुढ नेकपाबाट निर्वाचित जनप्रतिनिधिले गर्नु निन्दनीय छ,’ उनले भने ।

    nsu.jpg

    वर्तमान कम्युनिस्ट सरकार अपराधीलाई संरक्षण गर्ने कोसिस गरिरहेको देखिएकाले आन्दोलनमा उत्रिनुपरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए । ‘अपराधीको संरक्षण गरिनु कांग्रेसलाई मान्य हुने छैन,’ महामन्त्री भट्टराईले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १५ २०७७०४:३३:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend