आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाले अर्का नेपालीको मृत्यु, भर्खरै आयो पोेजेटिभ रिपोर्ट

कोरोनाले अर्का नेपालीको मृत्यु, भर्खरै आयो पोेजेटिभ रिपोर्ट

  • मिडिया डबली
  • बिहिवार, जेठ १५ २०७७

  • 10.7K
    SHARES

  • कोरोनाले अर्का नेपालीको मृत्यु, भर्खरै आयो पोेजेटिभ रिपोर्ट

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट अर्का एक नेपालीको मृत्यु भएको छ ।

    भारतबाट फर्केर अर्घाखाँची आउँदै गर्दा ती नेपालीको बाटोमै मृत्यु भएको थियो । पछि कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।

    गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भूमिकास्थान नगरपालिका–९ चरेपानीका एक युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले पुष्टि गरेका छन् ।

    पौडेलका अनुसार उनको शव कपिलवस्तु ल्याएर पोस्टमार्टम गरिएको थियो । कपिलवस्तुबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

    भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका सूचना अधिकारी विजय विकले बताएका छन् ।

    घर फर्कने क्रममा मृत्यु भएका युवकको शवलाई उनका आफन्तले सन्धिखर्कस्थित गच्चेमा गाडेका थिए । ती संक्रमित व्यक्तिसँगै आएका व्यक्तिको तथ्यांक संकलन सुरू भइसकेको प्रजिअ पौडेलले बताएका छन् ।

    यसअघि नेपालमा कोरोनाबाट पाँच जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । बुधबार मात्रै ललितपुरमा कोरोनाले १ जनाको मृत्यु भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १५ २०७७०३:४६:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend