आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

खुमलटारमा ‘ज्ञान पार्क’ बनाउन बजेट, प्रचण्ड खुसी !

खुमलटारमा ‘ज्ञान पार्क’ बनाउन बजेट, प्रचण्ड खुसी !

  • मिडिया डबली
  • बिहिवार, जेठ १५ २०७७

  • 11.5K
    SHARES

  • खुमलटारमा ‘ज्ञान पार्क’ बनाउन बजेट, प्रचण्ड खुसी !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ललितपुरको खुमलटारमा ज्ञान पार्क बनाउन बजेट विनियोजन गरेको छ ।

    अर्थमन्त्री डा. युवराज खतिवडाले संसद बैठकमा बजेट प्रस्तुत गर्दै ज्ञानमा आधारित अर्थतन्त्र विकासको लागि सूचना प्रविधिमा आधारित उद्योग व्यवसायको प्रवद्र्धन ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञान पार्क स्थापनाको कार्य अगाडि बढाइने जानकारी दिए ।

    संसदमा बजेट प्रस्तुत भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुसी भएको जनाएका छन् । ‘कोरोना महामारीको विषम् परिस्थितिमा पनि निकै सन्तुलित, जनतालाई राहत दिने किसिमको, प्रगतिशील, जनपक्षीय र समाजवादउन्मूख आयो, म खुसी छु,’ उनले भने ।

    पूर्व प्रधानमन्त्री प्रचण्डले बजेटले विशेषगरी निम्नवर्गीय जनताको समस्यालाई सम्बोधन गरेको र राहतमूखी प्रयास गरेको बताएक छन् ।

    स्रोतको दबाब रहेका बेला सरकारले राजस्व तथा बाह्य र आन्तरिक ऋणको आकलन गरेकोमा वस्तुगत रहेको उनले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १५ २०७७०३:३४:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend