काठमाडौं – कम्युनिस्ट सरकारले डिजेल, पेट्रोल, मट्टितेल र सुनको बिक्री मूल्य बढ्ने गरी बजेट ल्याएको छ ।
सरकारले डिजेल, पेट्रोल, मट्टितेल र सुनका भन्सार महसुल बढाएपछि बिक्री मूल्य समेत बढ्ने भएको हो ।
बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार महसुल बढेको घोषणा गरेका छन् ।
इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनको गहनाको भन्सार महसुलमा सामान्य वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।